मकवानपुर– मकवानपुरमा आगामी माघ १० देखि १६ गते सम्म मनाईने सहिद सप्ताहका कार्यक्रमहरु सार्वजनीक भएको छ । मंगलबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् सहिद दिवश जनपरिचालन उपसमितिका संयोजक रघुनाथ खुलालको अध्यक्षतामा आयोजित सर्वपक्षिय भेलामा कार्यक्रम सार्वजनीक गरिएको हो ।

प्रमुख खुलालले माघ १० गते बिहान ७ बजे सहिद सप्ताह शुभारम्भ पद यात्रा गरेर कार्यक्रमको औपचारीक सुरुवात गरिने जानकारी दिनुभयो । सोहि दिन ११ बजे मकवानपुरगढी दरवारमा २५७ औ विजय उत्सव मनाउने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै दिवशका अवसरमा माघ ११ गते बिहान ८ बजे सहिद स्मारकमा बृहत रक्तदान कार्यक्रम, दिउँसो १२ः३० बजे कलेज स्तरि वक्तृत्वकला प्रतियोगिता, माघ १२ गते जिल्लका विभिन्न जातजातीको मौलिकता झल्कने विविध सांस्कृतिक कार्यक्रम, माघ १३ र १४ गते दुई दिन नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानद्धारा कला सृजना कार्यशाला आयोजना गरिने उहाँले बताउनुभयो ।


त्यस्तै माघ १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा प्रजातान्त्रीक पार्कको समुद्घाटन गर्नुहुने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै माघ १५ गते साहित्यीक गजल वाचन कार्यक्रम र माघ १६ गते मुल समारोह समितिद्धारा प्रभातफेरी तथा श्रद्धान्जली कार्यक्रम तय भएको प्रमुख खुलालले बताउनुभयो । उहाँले सबैलाई कार्यक्रम प्रभावकारी बनाउन सहयोग गर्न आग्रह समेत गर्नुभयो । बैठकमा सहिद स्मारक विकास समितिका उपाध्यक्ष रामेश्वर राना, जिल्ला समन्वय समितिकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी कपिल प्रसाद उपाध्याय, विभिन्न सरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, राजनैतिक दलका प्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिलगायतको सहभागिता थियो ।

यस्ताे छ सहिद दिवशमा हुने कार्यक्रमहरू