मकवानपुर– मकवानपुरको उत्तरी क्षेत्रमा रहेको थाहा नगरपालिका वडा नम्बर ४ सिमभञ्ज्याङ स्थित होटल एभरेष्ट पानोरमा रिसोर्टमा बेहोस भएका आठै जना पर्यटकको मृत्यु भएको छ । उनीहरु वेहोस भएपछी काठमाण्डौ लगिएको थियो । काठमाण्डौको हेम्स अस्पतालका डाक्टरहरुले बेहोस रहेका आठै जनाको मृत्यु भएको घोषणा गरेका हुन् ।
सात जना बेहोस र एक जना मृत्यु भएका समेतलाई काठमाण्डौ लगिएको थियो । हेलीकोप्टर मार्फत सवैलाई काठमाण्डौ लगिएकोमा उनीहरु सबैको मृत्यु भएको र मृतकहरुको पहिचान पनि भएको मकवानपुरका प्रहरी उपरीक्षक शुशीलसिंह राठौरले जानकारी दिनुभयो । मृत्युहुनेहरुमा भारत केरला बस्ने ३८ वर्षिय रन्जित कप, ३४ वर्षिय ईन्द्र, ३७ वर्षिय प्रबिण, ३२ वर्षिय सरिया, ५ बर्षिय अभि, ७ वर्षका अर्चना, ५ वर्षिय बैशनव र नौ वर्षिय बन्द्राको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धानले कोठाको झ्याल, ढोका बन्द गरेर हिटर चलाएर सुतेका कारण निसास्सिएर उनीहरुको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, मृत्युको कारण पोष्टमार्टम रिपोर्टपछि मात्र खुल्ने प्रहरीको भनाइ छ । भारतको केरलाबाट नेपाल घुम्न १५ जनाको टोलीमा आएकामध्ये एउटै कोठामा बसेका ८ जना बेहोस भेटिएका हुन्। तीमध्ये २ बालक, २ बालिका, २ महिला र २ पुरुष गरी ८ जना एउटै कोठामा सुतेका थिए ।