चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतअन्तरले अग्रता लिएका छन् ।
ताजा मतपरिणाम अनुसार अध्यक्षमा ओलीले १२०० मत प्राप्त गर्दा उनका प्रतिद्वन्दी भीम रावलले ८८ मत पाएका छन् । अध्यक्षमा ओली र रावलको प्रतिस्पर्धा छ । चितवनको सौराहामा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् । अहिले मत गणना जारी छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने बताइएको छ ।











