काठमान्डौ– जिल्ला समन्वय समिति (जिसस) महासंघ बागमती प्रदेश कमिटीको अध्यक्षमा जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल पुनः निर्वाचित हुनुभएको छ । शुक्रबार काठमान्डौमा सम्पन्न जिसस महासंघकाे राष्ट्रिय परिषद बैठकले जिसस मकवानपुरका प्रमुख खुलालको नेतृत्वमा ९ सदस्य नयाँ कमिटी पुनर्गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा जिसस ललितपुरका प्रमुख अम्बर बहादुर खड्का र प्रवक्तामा जिसस चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीलाई चयन गरेको छ । यस्तै राष्ट्रिय परिषद बैठकले कमिटीको सदस्यहरुमा जिसस दोलखाकी उपप्रमुख मनमायाँ जिरेल, जिसस रामेछापका उपप्रमुख दिपा पाख्रिन, जिसस धादिङका उपप्रमुख बिन्दा बरामु, जिसस ललितपुरका सदस्य बेली डंगोल, जिसस काठमान्डौंका सदस्य तेजीला थापा र जिसस रसुवाका सदस्य अर्जुन प्रसाद पौडेललाई चयन गरेको जिसस मकवानपुरका प्रमुख एवम् प्रदेश अध्यक्ष खुलालले जानकारी दिनुभयो ।











