काठमान्डौ– जिल्ला समन्वय समिति (जिसस) महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा जिसस पाल्पाका कार्यवाहक प्रमुख मिरा मरासिनी निर्वाचित हुनु भएको छ । शुक्रबार काठमान्डौमा सम्पन्न जिसस महासंघको राष्ट्रिय परिषद बैठकले जिसस पाल्पाका कार्यवाहक प्रमुख मरासिनीको नेतृत्वमा ९ सदस्य प्रदेश कमिटी गठन गरेको हो ।
कमिटीको उपाध्यक्षमा जिसस बर्दियाका प्रमुख शंकर बहादुर थारु र सदस्यहरुमा जिसस बाँकेका प्रमुख अजय कुमार श्रीवास्तव, जिसस प्यूठानका सदस्य माधव प्रसाद भण्डारी, जिसस दाङका सदस्य जगत बहादुर बस्नेत, जिसस बर्दियाका सदस्य शान्ति चौधरी, जिसस दाङका सदस्य लोककुमारी बिक, जिसस रोल्पाका सदस्य बिमला थापा र जिसस प्यूठानका सदस्य दिलिप बिक चयन हुनुभएको अध्यक्ष मरासिनीले जानकारी दिनुभयो ।











