मकवानपुर – मकवानपुर प्रहरीले गाई काटेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । मकवानपुरको बकैया गाउपालिका–११ बट आइतबार राति नेपालको राष्ट्रिय जनावर गाई काटेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा बकैया–९ का ५० वर्षीय संञ्चमाया ब्लोन, ४२ वर्षीय फुलमाया थिङ, १८ वर्षीय सन्देस बिक, १९ वर्षीय सोमार ब्लोन, ४० वर्षीय सोम बहादुर तमाङ, बकैया–११ को ३९ वर्षीय जनक बहादुर लो, ४३ वर्षीय राज कुमार घलान, ४० वर्षीय रबिन्द्र लो, ३३ वर्षीय पम्पराज लो बकैया–४ को ४८ वर्षीय प्रल्हाद भक्त न्यासुर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गाईको मासु भागबन्डा लगाइरहेको अवस्थमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुलाई म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिनुभयो ।











