मकवानपुर – मकवानपुरमा थप २३ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७४ जनाको एन्टिजेन परिक्षण गर्दा २३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार ६ सय ९३ जना पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा ७७ जना कारोना सङ्क्रमणमुक्त भएको स्वास्थ्य कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १० हजार ८ सय ९३ जना पुगेको कार्यालयले जनाएको छ । हाल मवानपुरमा ६ सय ६७ जना सक्रिय सङ्क्रमित रहेका छन् । कारोनाकै कारण मकवानपुरमा हालसम्म एक सय ३३ जनाको मृत्यु भएको छ ।