हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बसेको छ । लामो समयपछी बसेको प्रदेशसभा बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान र चिठ्ठा सम्बन्धी विधेयक प्रस्तुत भएको हो ।
प्रतिष्ठानको बिधेयक प्रस्तुत भएसंगै अब पहिलेकै अवस्थामा प्रतिष्ठानको मातहत रहेर हेटौंडा अस्पताल सञ्चालन हुनेछ ।
स्वास्थ्य मन्त्रीको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ को साविकको व्यवस्था जगाउने सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकु संसदमा प्रस्तुत गर्नुभयो । लामो समयसम्म प्रतिष्ठान र अस्पताल पहिलेको भन्दा कानूनी रपमा अली फरक तरिकाले सञ्चालन भएपनि अब भने पहिलेकै पूर्व अवस्थामा फर्किएको हो । त्यस्तै आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले प्रदेशस्तरको चिठ्ठा व्यवस्थापन तथा नियन्त्रण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदमा पेश गर्नुभयो ।