हेटौंडा– कृषि विकास बैंक आजबाट ५४ औं वर्षमा प्रवेश गरेको छ । बैंकको स्थापना दिवश हेटौंडा स्थित कार्यालयले औपचारीक कार्यक्रम गरेर मनाएको छ । कृषि विकास बैंकको हेटौंडा–४, कान्तिराजपथ स्थित शाखाका प्रवन्धक नुर प्रसाद गौतमको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि खुलालले ग्रामीण क्षेत्रका कृषकमा वित्तीय पहुँच पु¥याएर गरीब जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यका साथ स्थापना भएको कृषि विकास बैंकले सोहि अनुसारको सेवा प्रदान गर्नुपर्ने बताउनुभयो । उहाँले बैंकिङ क्षेत्रमा अहिले निकै प्रतिष्पर्धा रहेको भन्दै सोहि अनुसारको बैंकिङ सेवा र बैंकलाई अझ प्रतिस्पर्धी बनाउनुपर्ने बताउनुभयो । उहाँले बैंकको लगानी सुनिश्चितता संगै बैंकको उदेश्य अनुसार काम गर्न आग्रह गर्नुभयो । उहाँले कर्मचारीहरुको क्षमता अभिवृद्धिमा ध्यान दिँदै गुणस्तरीय सेवा दिनुपर्ने धारणा व्यक्त गर्नुभयो । कान्तिराजपथ स्थित कृषि विकास बैंकको शाखाले नेपाल कै सबै भन्दा धेरै कर्जा लगानी गर्ने शाखाका हो । कार्यक्रममा मकवानपुर स्थित कृषि विकास बैंकका विभिन्न शाखाका कर्मचारीहरुको समेत सहभागिता थियो ।













