file photo

मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बालबालिकाको सर्वाङ्गिण विकासको दायित्व लिन प्रदेश सरकार तत्पर रहेको बताउनुभएको छ । राष्ट्रिय बालदिवस–२०७७ का अवसरमा आज एक सन्देश जारी गर्दौ मुख्यमन्त्री पौडेलले बालबालिकाको सर्वाङ्गिण विकासको दायित्व लिन प्रदेश सरकार तत्पर रहेको तर, सबैको एकीकृत प्रयासबाट मात्र बालअधिकारको संरक्षण र संवद्र्धन गर्न सकिने बताउनुभएको छ ।
मुख्यमन्त्री पौडेलले बालअधिकारको सुनिश्चितताको लागि सरकारको तर्फबाट विविध संवैधानिक तथा कानूनी प्रवन्धहरु गरिदैं आएको भन्दै नेपालको संविधान, २०७२ को धारा ३९ ले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणयुक्त खाना, पहिचान तथा सुरक्षाको प्रत्याभूति गरेको साथै बालबालिकामाथी हुने हिंसा, शोषण एवम् दुव्यावहारलाई दण्डनीय बनाइएको बताउनुभएको छ । उहाँले बालबालिकाको शिक्षामा सहज एवम् सर्वसुलभ पहुँचलाई स्थापित गर्न आधारभूत तहसम्मको शिक्षालाई अनिवार्य र निशुल्क गरिएको र यस कार्यक्रमलाई प्रभावकारी बनाउन बागमती प्रदेश सरकारले विद्यालय खाजा कार्यक्रम, एक विद्यालय, एक नर्स अभियान, छात्रवृत्ति वितरण लगायतका कार्यक्रमहरु सञ्चालन गरेको उल्लेख गर्नुभएको छ ।
“सडक बालबालिका एवम् बालश्रम शोषणमुक्त प्रदेश बनाउन यस क्षेत्रमा क्रृयाशिल सामाजिक संघसंस्थाहरुबीच सहकार्यमा बालबालिकालाई आश्रय तथा अभिभावकत्व प्रदान गर्ने, शिक्षा, स्वास्थ्य लगायत उनीहरुको सर्वाङ्गिण विकासको दायित्व सरकारले लिएको बताउँदै बालबालिकाहरु सडकमा आउनुपर्ने र जोखिमयुक्त श्रममा लाग्नुपर्ने वाध्यताको पछाडि विद्यमान पारिवारिक, समाजिक, राजनीतिक लगायतका कारणहरुको अध्ययन गरी समस्याको जडमै समाधानको उपाय खोज्नु आवश्यक छ” मुख्यमन्त्री पौडेलले सन्देशमा उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले यस वर्ष कारोना महामारी र यसबाट सिर्जित विषम परिस्थितिले बालबालिकाहरु झनै जोखिममा परेको, विद्यालयहरु सञ्चालन हुन नसक्दा लाखौं बालबालिकाको मनस्थितिमा नकारात्मक असर परेको साथै दैनिक ज्यालामजदुरी गरी जीवन निर्वाह गर्नुपर्ने अभिभावकहरु कोरोना महामारीको कारण कामगर्न सक्ने अवस्था बनिनसकेकाले बालबालिकामा थप मनोवैज्ञानिक दवाव सिर्जना भएको भन्दै आधारभूत तहका श्रमजीवि जनतालाई कोरोना महामारीबाट बच्न सुरक्षात्मक उपाय सहित काम गर्नसक्ने अवस्थाको सिर्जना गर्दै बालबालिकालाई निर्भयताका साथ अध्ययन गर्न सक्ने वातावरण निर्माण गर्नु हामी सबैको दायित्व भएको उल्लेख गर्नुभएको छ । यसका लागि सरकारले अनलाईन तथा दुर शिक्षाको माध्यामबाट शिक्षा क्षेत्रलाई सम्बोधन गर्ने प्रयास गरेको तर, विविध कारणले यस माध्याममा समेटिन नसक्ने बालबालिकालाई स्थानीय सरकार समेतको समन्वयमा शिक्षाको पहुँचमा ल्याउन सकिने र यसका लागि बागमति प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नुभएको छ ।
मुख्यमन्त्री पौडेलले सन्देशमा भन्नुभएको छ, “बालबालिका भोलिका कर्णधार हुन् । सुशिक्षित, स्वस्थ एवम् सिर्जनशिल बालबालिकाहरुनै देशको उज्यालो भविष्यका निर्माता हुन् । यसका लागि आजै बालबालिकाको विशेष हेरचार, संरक्षण, पोषणयुक्त खाना, शिक्षा, स्वास्थ्य लगायतका पक्षहरुमा सजग बन्नुपर्छ । संवैधानिक तथा कानूनी प्रबन्धहरुको ब्यवहारिक कार्यान्वयनबाट बालबालिकाका यस्ता धेरै सवालहरुलाई सम्बोधन गर्ने प्रयास हुँदै आएको छ । तथापि सरकारको एकल प्रयासले यो संम्भव छैन । बालअधिकारको संरक्षण र संवद्र्धन गर्न सबै सरोकारवालाहरुबीच एकीकृत प्रयास अनिवार्य छ ।” यस वर्षको राष्ट्रिय बालदिवस “विपतमा बालअधिकारको सुनिश्चिता, हामी सबैको साझा प्रतिबद्धता” भन्ने नाराका साथ मनाईदै छ ।

“विपतमा बालअधिकारको सुनिश्चिता, हामी सबैको साझा प्रतिबद्धता” भन्ने नाराका साथ मनाउन लागिएको राष्ट्रिय बालदिवस –२०७७ को…

Gepostet von Dormani Paudel am Sonntag, 13. September 2020