मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकालाई सहकारी संस्थाले आर्थिक सहयोग गरेको छ । मनहरी गाउँपालिका वडा नम्बर ३, सानुटार स्थित साना किशान कृषि सहकारी संस्था लिमिटेडले राहत वितरणका लागि गाउँपालिकालाई सहयोग गरेको हो ।
सहकारी संस्था र सहकारीमा कार्यरत स्थाई कर्मचारीद्धारा गाउँपालिकालाई ४९ हजार ४ सय ५ रुपैया सहयोग प्रदान गरेको हो । सहकारीका तर्फबाट ३० हजार र कर्मचारीका तर्फबाट १९ हजार ४०५ रुपैयाँ बराबरको चेक गाउँपालिकाको विपद व्यवस्थापन कोषमा जम्मा हुने गरि गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई हस्तान्तरण गरेको छ । स्थानीय सरकार मार्फत एकद्धारा प्रणलीबाट राहत वितरण होस भन्ने उदेश्यका साथ सामाजिक उत्तरदायित्व अन्तरगत संस्थाले सहयोग गरेको जनाएको छ ।