सांकेतिक तस्विर

मकवानपुर– मकवानपुरमा आज जंगली च्याउ खाएर दुई जना विरामी परेका छन् । जिल्लाको पुर्वी बकैया गाउँपालिकामा जंगली च्याउँ खाँदा दुई जना विरामी परेका हुन् ।
बकैया गाउँपालिका–५ पावसमा जंगलबाट ल्याएको च्याउँ खाँदा स्थानीय ६७ बर्षीया रत्नमाया विक र उनकी छोरी ३३ बर्षीय सुनिता विक विरामी परेको प्रहरीले जनाएको छ । विरामी परेका दुबैलाई हेटौंडा अस्पताल ल्याईएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भरतपुर पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।