काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई रिक्त जनप्रतिनिधिको विवरण पठाउन पुनः निर्देशन दिएको छ । निर्वाचन आयोगले मन्त्रालयलाई पत्र पठाउँदै रिक्त जनप्रतिनिधिको विवरण माग गरेपछि सोही अनुसारको विवरण पठाउन निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत खेमराज जोशीले जानकारी दिनुभयो । आयोगले यस वर्ष संघ, प्रदेश र स्थानीय तहमा रिक्त रहेको पदको उपनिर्वाचन गर्ने तयारी गरेको छ ।