बिवश अधिकारी
हेटौंडाः ३ नम्बर प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा सडक पूर्वाधार लगायत अन्य पुर्वाधार निर्माणलाई विशेष प्राथमिकता दिएको छ । प्रदेशका विभिन्न स्थानका सडक पूर्वाधारका लागि प्रदेश सरकारले निकै ठूलो बजेट विनियोजन समेत गरेको मुख्यमन्त्री डोरमणि पौडेलले बताउनुभएको छ । आगामी आर्थिक वर्षका लागि प्रदेशका २० वटा गाउ“पालिकाको सदरमुकामसम्म कालोपत्रे सडक पु¥याउने गरी बजेट विनियोजन गरेको उहाले बताउनुभयो ।
२० वटा गाउ“पालिकाको सदरमुकामसम्म कालोपत्रे सडक पु¥याउनका लागि प्रदेश सरकारले ८५ करोड रुपैया“ विनियोजन गरेको उहा“ले जानकारी दिनुभएको छ । त्यस्तै अन्य ३५ वटा सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्नका लागि समेत बजेट विनियोजन भएको जानकारी दिनुभयो । ३ नम्बर प्रदेशको १ सय १९ स्थानीय तह मध्ये ३ वटा पालिकामा अझैसम्म सदरमुकामस“ग जोडिने सडक ट्रयाक खुलेको छैन । जस मध्ये प्रदेश सरकारले दोलखाको रुवी भ्यालीलाई पहिलो प्राथमिकतामा राखेको उहा“ले बताउनुभयो । प्रदेश सरकारले १ सय २० मिटर भन्दा लामा १५ वटा झोलु·े पुल निर्माणका लागि बजेट विनियोजन गरेको छ । साथै माग भएर आएका अन्य १० वटा झोलु·े पुलको डिपिआरका लागि समेत बजेटको व्यवस्था गरेको उहा“ले बताउनुभएको छ ।
प्रदेश ३ सरकारले काठमाडौं महानगरपलिकाको सह–लगानीमा रोड क्रसि· ट्राफिक लाइटका लागि समेत बजेट विनियोजन गरेको छ । रोडक्रसिङ लाईटका लागि प्रदेश सरकारले २ करोड ५० लाख बजेट विनियोजन गरेको छ । त्यस्ते विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले सार्वजनिक यातायातमा प्रोत्साहनका लागि ४ करोड बजेट विनियोजन गरेको छ । उपत्यकाको सफाइका लागि १२ वटा धूलो उठाउने बु्रमर खरिदका लागि पनि प्रदेश सरकारले बजेट विनियोजन गरेको छ । मुख्यमन्त्री पौडेलले काठमाडौं उपत्यकालाई सफा सहरको रुपमा विकास गर्न केही समय भित्रै १२ वटा ब्रुमर उपलब्ध गराउने समेत बताउनुभएको छ । उहा“ले बु्रमर खरिदका लागि प्रदेश सरकारले २० करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
काठमाडौं उपत्यकामा हुने सडकको भीडलाई उचित व्यवस्थापन गर्न १० वटा आकाशेपुल निर्माणका लागि आवश्यक बजेटको व्यवस्था गरिएको उहा“ले जानकारी दिनुभयो । आकाशेपुल निर्माणका लागि आगामी आर्थिक वर्षको बजेटमा १० करोड विनियोजन गरिएको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ । त्यस्तै काठमाडौंमै लिफ्ट पार्किङ् व्यवस्थापन गर्न २ हजार गाडी पार्कि· गर्न मिल्ने पार्कि· स्टेसन निर्माणका लागि ५ करोड विनियोजन गरेको उहा“ले जानकारी दिनुभएको छ । जिल्ला सदरमुकामको बसपार्कलाई आधुनिक बनाउ“दै लैजाने योजना अनुसार विद्युतीय चार्जि· स्टेसनसहितको स्टेशन निर्माण गर्न बजेटको व्यवस्था गरिएको उहा“ले बताउनुभयो । विद्युतीय चार्जि· स्टेसन पहिलो चरणमा प्रदेशका ४ जिल्ला सदरमुकामका बसपार्कमा निर्माण गरिने उहा“ले जानकारी दिनुभयो ।
राजमार्गको निश्चित दुरीमा चार्जि· सुविधा सम्पन्न रोड साईड स्टेशन निर्माण गर्न बजेटको व्यवस्था गरिएको उहा“ले जानकारी दिनुभएको छ । प्रदेश सरकार र उपत्यकाका महानगरपालिका तथा साझा यातायात मिलेर विद्युतीय बस संचालनका लागि समेत बजेटको व्यवस्थापन गरिएको उहा“ले बताउनुभएको छ । काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनका लागि सोमबार ३० करोड रुपैया“ साझा यातायातलाई हस्तान्तरण समेत गर्नूभएको छ । सर्वसाधारणलाई सस्तोमा यातायात सेवा उपलब्ध गराउने उद्देश्यका साथ काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिकास“गको सहकार्यमा काठमाडौं उपत्यकामा विद्युतीय बस संचालन गर्ने कामलाई अघि बढाउन लागिएको उहा“ले बताउनुभएको छ ।
प्रदेश सरकारले प्रदेशका २ स्थानमा औद्योगिक क्षेत्र स्थापनाका लागि समेत बजेटको व्यवस्था गरेको छ । मकवानपुरको मनहरी गाउ“पालिका र सिन्धुलीको मरीनमा औद्योगिक क्षेत्र स्थापनाका लागि बजेट विनियोजन गरिएको उहा“ले बताउनुभयो । त्यस्तै मदन भण्डारी फाउण्डेशनका लागि प्रदेश सरकारले बजेटको व्यवस्था गरेको उहा“ले जानकारी दिनुभयो । फाउण्डेशन निर्माणका लागि ७ करोड बजेट विनियोजन भएको जसमा २ करोड रुपैया“ प्रतिष्ठानको लागि अबको डेढ वर्षमा मेडिकल कलेज संचालन गर्ने प्रदेशको योजना रहेको मुख्यमन्त्री पौडेलले बताउनुभएको छ । प्रदेश सरकारले हेटौंडा अस्पताललाई मदन भण्डारी फाउन्डेशनका रुपमा विकास गर्ने लक्ष्य लिएको छ । त्यस्तै आगामी आर्थिक वर्षको वजेटमा हेटौंडाको गौरीटार रंगशालाका लागि ७ करोड बजेट विनियोजन गरेको उहा“ले बताउनुभयो ।
प्रदेश सरकारले आफ्ना गौरवका चालु आर्थिक वर्षका कार्यक्रमहरुलाई समेत प्राथमिकतामा राखेको उहा“ले जानकारी दिनुभएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा सञ्चालनमा ल्याएको स्थानीय तहहरुमा कानुनी सहजकर्ता कार्यक्रमलाई निरन्तरता दिनुका साथै एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दि“दै संस्थागत विदालयहरुले आफै राख्नुपर्ने व्यवस्था गर्न लागेको समेत उहा“ले जानकारी दिनुभएको छ ।