हेटौंडा– नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको छैठौं सत्र आज संगठन अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा सम्पन्न भएको छ । मुलुकमा विद्यमान कोरोना भाईरस संक्रमण पछि भएको लकडाउनका कारण प्रविधिमा आधारित जुुम एपमार्फत सम्पन्न प्रशिक्षण कार्यक्रममा प्रशिक्षक भोला चौलागाईले कोरोना समसामयीक सवालका विषयमा प्रशिक्षण दिनुभएको छ ।
जनमानसमा रहेको कोरोना भाईरस सम्वन्धी भ्रम र यथार्थता विद्यालय शिक्षाका माध्यमबाट प्रचारप्रसारका निम्ति शिक्षकहरुमाझ प्रशिक्षण सम्पन्न भएको हो । कोरेना संक्रमणका कारण शिक्षा क्षेत्रमा पर्नगएको प्रभावलाई न्यूनिकरण गर्न आयोजना गरिएको प्रशिक्षणात्मक कार्यक्रमलाई नेपाल राष्ट्रिय शिक्षक संगठन पाल्पा जिल्ला अध्यक्ष रामप्रसद ढकाल, पर्वत जिल्ला अध्यक्ष चिरञ्जीवी अधिकारी लगायतले संवोधन गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रममा भोलि हुने छैठौं सत्रमा भने देशका अन्य थप बिभिन्न जिल्लाबाट पनि सहभागिता गराउने प्रचार विभाग प्रमुख सुनिल गौतमले बताउनुभएको छ । बैशाख १२ गते हुने प्रशिक्षणमा भने कम्प्यूटरमा आधारित फोटोसफ्ट सामान्य सीप सिकाई सन्दर्भमा प्रशिक्षण हुने उहाँले बताउनुभयो । संगठनको नियमित प्रविधिमैत्री प्रशिक्षण र कक्षाहरु लकडाउन अवधीभर प्रत्येक दिन संचालन हुने छ ।