मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले मनहरी गाउँपालिकालाई राहत सामग्री प्रदान गरेको छ । जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलालले गाउँपालिका अध्यक्ष एकराज उप्रेतीलाई एकसय प्याकेट राहत सामग्री प्रदान गर्नुभएको हो ।
कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने तथा ज्यालादारी गरेर खानेहरूकालागि वितरण गर्ने गरि गाउँपालिकालाई राहत सामग्री प्रदान गरिएको जिसस प्रमुख खुलालले जानकारी दिनुभयो । साथै मनहरी गाउँपालिकामा हावाहुरी एवम् असिनाका कारण प्रभावितहरुलाई समेत वितरण गर्ने गरि एक सय प्याकेट राहत सामग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभएको छ । मनहरी गाउँपालिकामा हावाहुरी तथा असिनाका कारण २ सय बढी घरपरिवार प्रभावित भएका छन् ।
कोरोना भाइरस (कोभिड १९) का कारण सरकारले जारी गरेको लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने र मजदुरी गरेर खानेलाइ समस्या हुने भन्दै उद्योग परिसंघ बागमती प्रदेश र उद्योग संघ मकवानपुरले उपलब्ध गराएको राहत सामग्रीबाट गाउँपालिकालाइ राहत उपलब्ध गराइएको प्मुख खुलाले बताउनुभयो । उद्योग परीसंघ प्रदेश समितिद्धारा बागमती प्रदेश सरकार मार्फत र उद्योग संघ मकवानपुरले जिल्लावासीकालागि भन्दै जिससलाइ राहत सामग्री उपलब्ध गराएको थियो । प्राप्त राहत सामग्रीबाट वितरणको कार्य गरिएको उहाँले बताउनुभयो ।