हेटौंडा– बागमती प्रदेश सरकारले स्थपना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा महालक्ष्मी बिकास बैंकले ४ लाख रुपैयाँ सहयोग गरेको छ । बैंकका हेटाैंडा शाखा प्रमुख शम्भुप्रसाद पराजुली सहितको टोलीले मुख्यमन्त्री तथा मन्त्री परीषदको कार्यालयमा पुगेर मुख्यमन्त्री डाेरमणि पाैडेललाई ४ लाख रकमको चेक हस्तान्तरण गरेको हो ।

कोरोना भाइरसको सङ्क्रमणको महामारीलाई रोक्न सरकारले गरेको प्रयासलाई सहयोग गर्न रकम हस्तान्तरण गरिएको बैंकका हेटौंडा शाखा प्रमुख पराजुलीले बताउनुभयो । मुलुकको अहिको प्रमुख काम कोरोना भाईरस सङ्क्रमण नियन्त्रण नै रहेको मुख्यमन्त्री पौडेलले बताउनुभयो । यस्तो परिस्थितिमा बैंकले गरेको सहयोग प्रति मुख्यमन्त्री पौडेलले धन्यवाद व्यक्त गर्नुभयो ।