हेटौंडा– लकडाउनका कारण पैदल यात्रा गर्ने यात्रुहरूलाइ श्रीकृष्ण प्रणामी समाज मकवानपुरले खाना तथा यातायात सेवा सुरू गरेकाे छ । गन्तव्यसम्म जाने क्रममा हेटौंडा आइपुगेका यात्रुलाई प्रणामी समाजले आजदेखि खाना खुवाउन तथा यातायात सेवा प्रदान गर्न लागेकाे हाे ।

आज बिहानदेखि हेटौंडा–४, सुमार्गी कम्प्लेक्स अगाडि सडक छेउमै खाना खुवाउन सुरु गर्नुका साथै गन्तव्यसम्म जानका लागि उपलब्ध हुन सक्ने यातायातका साधनमा पठाउने कार्य समेत गरेको छ । प्रहरीसँगको समन्वयमा यातायात सेवामा समेत सहजीकरण गरिएको प्रणामी समाजका सदस्य बद्रिप्रसाद चौलागाईले जानकारी दिनुभयो । यातायात व्यवसायी समेत रहनुभएका चौलागाईका अनुसार आज छिमेकी जिल्ला बारा, पर्सासँगै एक समूहलाई पश्चिम कोहलपुर सम्म जाने व्यवस्था मिलाइएको छ । प्रणामी समाजले यसलाइ निरन्तरता दिने समेत उहाँले जानकारी दिनुभयाे ।