मकवानपुर– मकवानपुरको पश्चिमी क्षेत्रमा पर्ने मनहरी गाउँपालिकामा शुक्रबार राति आएको हावाहुरी र असिनापानीले तरकारी बाली तथा घर भत्काएको छ । राति करिब ८ बजेपछि हावाहुरीसहित आएको असिनापानीले मनहरी–४ र ५ क्षेत्रमा लगाइएको तरकारी, फलफूल, मकै तथा अन्य वाली पूर्णरुपमा नष्ट गर्नुका साथै २ सय घरको छाना उडाएकाे हो ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीका अनुसार वडा नम्बर ५ मा सयौंको संख्यामा घरगोठ क्षती हुन्का साथै तरकारीबाली तथा कखुरा मेरका छन् । हावाहुरीका कारण एक जना घाइते भएको र भरतपुर अस्पतालमा उपचार भईरहेको, १ जना सामान्य घाइते रहेको साथै, एउटा भैसिको पाडा र करिब ३ हजा कुखुरा मरेको उहाँले बताउनुभयो । उहाँका अनुसार गाउँमा रहेको आठ सय भन्दा बढि केराका बोट, तरकारी तथा अन्नबालिको नोक्सानी भएको छ । हुरीबतास र असिना पानिको कारण वास्तविक क्षतिको तथ्यांक आउन बाँकी रहेको तथा स्थानीय जनप्रतिनिधि मार्फत क्षतीको बिबरण लिने काम भईरहेको उहाँले बताउनुभयो । त्यसवडामा रहेको सम्पूर्ण घरधुरीलाई हावाहुरीसहितको असिनापानीले असर गरेको स्थानीयले बताएका छन् ।
त्यस्तै वडा नम्बर ४ का वडा अध्यक्षका अनुसार ४ वटा घर क्षती भएको उहाँले बताउनुभयो । अध्यक्ष उप्रेतीका अनुसार घटना स्थलमा पालिकाकाका प्रतिनिधि, प्रहरी, स्वास्थ्यकर्मीसहितको टोली पुगेर क्षतिको विवरण लिने काम गरेका छन् । तरकारी तथा खाद्य वालीमा बढी क्षति भएको देखिन्छ ’, उहाँले भन्नुभयो । त्यस क्षेत्रमा तरकारी बढी उत्पादन हुने गर्छ ।