मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले मापदण्ड बमोजिम व्यवस्थित तरिकाले राहत वितरण गर्न जिल्लाका सबै स्थानीय तहहरुलाई आग्रह गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले शुक्रबार एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारको मापदण्ड र स्थानीय तहको कार्यविधि बमोजिम वास्तविक पिडित मापदण्ड भित्र परे नपरेको सम्बन्धमा ध्यानाकर्षण भएको जनाउँदै मापदण्ड वमोजीम कार्य गर्न/गराउन स्थानीय तहहरुलाई अनुरोध गर्नुभएको हो ।
प्रमुख खुलालद्धारा जारी विज्ञप्तीमा विश्वव्यापि रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९)को सन्दर्भमा जिल्लाका विभिन्न स्थानीय तहहरुमा अनुगमन गरिएको र अनुगमनको क्रममा स्थानीय तहहरुवाट गरिएको राम्रा पक्ष र देखिएका कमी कमजोरी प्रति समेत ध्यानाकर्षण भएको जनाईएको छ । जिल्ला समन्वय समिति कोभिड–१९ को विषयमा समुदायको स्वास्थ प्रति सचेत हुँदै व्यवस्थित र सुरक्षित राख्न सदैव अग्रसर भएको उल्लेख गर्दै जिल्लामा रहेको स्थानीय तहहरुवाट भए गरेको कार्य र कार्यशैलीको बारेमा विज्ञप्ती जारी गरिएको प्रमुख खुलालले बताउनुभयो ।
विज्ञप्तीमा भनिएको छ– “स्थानीय तह भित्र प्रत्येक वडा, वस्ती, टोल भित्र वास्तविक रुपमा ज्यालादारीमा वाँच्न वाध्य भएका खास गरि विहान वेलुका छाक टार्न नसकेका नागरिकहरुको सहि परिचान गरेको वा नगरेको तथा नेपाल सरकारले तोकिएको मापदण्ड, स्थानीयतहको कार्यपालिकाद्धारा पारित गरिएको कार्यविधिभित्र छनौट गरिएका व्यक्तिहरु मापदण्ड भित्र परे नपरेको सम्बन्धमा जिससको ध्यानाकर्षण भएको छ, यथासक्य मापदण्ड वमोजीम कार्य गर्न गराउन अनुरोध गर्दछ ।”
त्यस्तै दैनिक ज्यालादारी गरि गुजारा चलाउने श्रमिकहरुलाई स्थानीयतहहरुवाट राहत वितरण गर्ने कार्य स्वागत योग्य भएता पनि राहत वितरण स्थलमा सामाजीक दुरी कायम गर्नु पर्नेमा नगरिएको, टोल विकास समिति भएका स्थानीयतहमा त्यास्ता समितिलाई परिचालन गर्न नसकिएको र राहत वितरण कार्य अव्यवस्थित देखिएको हुँँदा टोल विकास संस्थालाई परिचालन गरि कुपन सिस्टममा राहत वितरण गर्न र समुदायमा अनिवार्य सामाजीक दुरी कायम गराउन समेत विज्ञप्ती मार्फत आह्वान गर्दै राहत वितरण कार्य लगायत समुदायमा हुने अन्य कुनै पनि कार्यमा सामाजीक दुरी कायम नगर्दा कोरोना भईरसको संक्रमण वढनसक्ने र यसको परिणाम भयावह हुन सक्ने देखिएकालेसमयमै सचेत हुन आग्रह गरिएको छ ।
त्यस्तै विज्ञप्तमिा सम्भावित माहामारीलाई मध्येनजर गर्दै छिमेकी मुलुक तथा विदेशवाट आएका व्यक्तहरुको निगरानी राख्दै प्रत्यक्ष सम्पर्क वढाउने एवं स्थानीय समुदायमा यथासक्य छिटो कोभिड १९ को सम्बन्धमा प्रचार प्रसार गरि समुदायलाई सुसुचित गर्न गराउनका समेत विज्ञप्ती मार्फत आग्रह गरिएको छ । प्रमुख खुलालद्धारा जारी विज्ञप्तीमा विश्वव्यापी माहामारीको रुपमा देखिएको कोरोना भईरसको रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारवाट घोषणा गरिएको लकडाउनलाई स्थानीयतहहरुवाट पूर्णरुपमा पालना गरिएको साथै प्रत्येक स्थानीयतहले क्वरेनटाईन कक्षलाई प्रमुख प्राथमिकताका साथ तयार गरेको भन्दै उक्त कार्यलाई स्वागत गर्दै विज्ञप्ती मार्फत धन्यवाद समेत ज्ञापन गरिएको छ ।

प्रेश विज्ञप्ती