हेटाैंडा– काेराेनाका कारण सरकारले गरेकाे लक डाउनका कारण दैनिक राेजगारीबाट बिभुख भएका ६६ परिवारलाई नेकपा १७ नम्बर वडाले खाध्यान्ह बितरण गरेकाे छ । नेकपा बडा कमिटी र वडा कार्यालयकाे सक्रियतामा वडा भित्र काेठा भाडामा लिएर बसी दैनिक राेजगारीमा रहेका सिहत वडा भित्रका बिपन्न परिवारलाई दैनिक गुजाराका लागि सहयाेग स्वरुप खाध्यान्ह उपलव्ध गराईएकाे हाे ।

६६ परिवारलाई प्रती परिवार ३० केजी चामल, १ केजी दाल, १ पाकेट नुन र आधा लिटर तेल बितरण गरिएकाे १७ नम्बर वडा ईन्चार्ज शंकर राउतले बताए । खाध्यानह बितरणमा वडा अध्यक्ष भैरब बहादुर राई, नेकपा क्षेत्रिय ईन्चार्ज कमलकुमार बिष्ट, वडा अध्यक्ष लक्ष्मण खुलाल, रेडक्रस १७ नम्बरका सभापती कृष्णबहादुर सापकाेटा सिहत वडाका युवाहरुकाे समुहले बिपतकाे समयमा सहयाेग स्वरुप खाध्यान्ह बाडेका हुन् ।राहत बाढिएका परिवार दैनिक राेजगारीमा जान नसक्दा समस्यामा परेकाे देखिएपछि उनिहरुलाई दैनिक गुजारामा अफ्ठेराे नहाेस् भन्ने उद्देश्यले खाध्यान्ह बाढिएकाेे १७ नम्बर वडा कार्यालयले जनाएकाे छ ।