मकवानपुर – मकवानपुरमा कोरोना भाईरस संक्रमणका कारण थप एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण कारण हेटौंडा–१७ का ७२ वर्षिया पुरुषको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा हालसम्म ज्यान गुमाउनेको संख्या १७१ जना पुगेको स्वास्थय कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।
यस्तै जिल्लामा पछिल्लो २४ घण्टामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पिसिआर विधिबाट ३१ जनाको परीक्षण गर्दा २३ जनामा र एन्टिजेन विधिबाट ३ सय ६५ जनाको परीक्षण गर्दा २२ जनामा संक्रमण पुष्टि भएको उहाँले बताउनुभयो । योसंगै जिल्लामा हालसम्म संक्रमितको संख्या १७६५९ पुगेको साथै हालसक्रिय संक्रमितको संख्या ४ सय ५५ जना रहेको समेत उहाँले बताउनुभएको छ । जसमध्ये होमआइसोलेसनमा ४ सय ४५ जना र संस्थागत आइसोलेसनमा १० उपचाररत रहेका छन् । त्यसैगरी जिल्लामा पछिल्लो २४ घण्टामा १६६ जना कोरोना संक्रमणमुक्त भएको उहाँले बताउनुभयो ।