मकवानपुर – हेटौंडा उपमहानगरपालिका ९ नम्बर वडा कार्यालयले निर्माण गरेको वडाको वृतचित्र मंगलबार सार्वजानिक गरेको छ । वडाको वस्तुस्थिती, विकास निर्माण, धार्मिक तथा सांस्कृतिक सम्पदालगायत कुरा समेटेर तयार पारेको बृतचित्र मंगलबार एक कार्यक्रमका बिच बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले सार्वजनीक गर्नुभएको हो ।

बृतचित्र सार्वजनीक गर्नुहुँदै कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका प्रथम मुख्यमन्त्री पौडेलले आफुले गरेका कामहरुको व्यवस्थित अभिलेखिकरणका लागि पनि यो बृतचित्र प्रभावकारी हुने बताउनुभयो । तर, बृतचित्रमा अझै धेरै कुरा समेट्न सकिने उहाँले सुझाव समेत दिनुभयो । उहाँले जनप्रतिनिधि आएपछिका थुप्रै कुराहरु अझै मसिनो ढंगले समेट्नु पर्ने उहाँको भनाई थियो ।

झलझली मल्टिक्रियशन हेटौंडा–१० द्धारा तयार पारिएको बृतचित्रमा वडाको समग्र अवस्था, जनप्रतिनिधि आएपछिको परिर्वतन, आगामी दिनमा गर्नुपर्ने कामहरु समेत समेटीएको छ । बृतचित्रमा २०७४ सालदेखी २०७८ सालसम्म वडामा भएका विभिन्न विकास गतिविधि तथा पर्यटन प्रवद्र्धनका क्रियाकलापहरु समेटिएको बृतचित्र निर्माण कम्पनीका निर्देशक आशाकाजी श्रेष्ठले जानकारी दिनुभयो । करीब ४५ मिनेट लामो बृतचित्रमा वडावासीको अपेक्षा, जनप्रतिनिधि आएपछि भएका परिर्वतन, विकास निर्माणका काम, स्वास्थ्य, शिक्षा, खेलकुदलगायत क्षेत्रमा भएका परिर्वतनलाई अवगत गराईएको छ । निर्देशक श्रेष्ठका अनुसार हेटौंडाका अन्य विभिन्न वडा तथा स्थानीय तहको बृतचित्र निर्माणको क्रममा रहेको साथै उक्त बृतचित्रहरु झलझली मल्टिक्रियशनको युट्युब च्यानलमा समेत हेर्न सकिने छ ।

वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सभा सदस्य रामचन्द्र राई, जिसस मकवानपुरका प्रमुख रघुनाथ खुलाल, वडा सदस्यहरु, टोल विकासका अध्यक्षहरु, वडा भित्रका विभिन्न विद्यालयका प्रअहरु, वडाका विभिन्न सामाजिक संघसंस्थाकाप्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
