हेटौंडा– मकवानपुरको मनहरी गाउँपालिकाले माछा पालक कृषकहरुलाई अनुदानमा विभिन्न सामग्री सहयोग गरेको छ । गाउँपालिकाले व्यवसायीक माछा पालक कृषहरुलाई ५० र ७५ प्रतिशत अनुदानमा विभिन्न सामग्री सहयोग गरेको हो ।

Image may contain: 6 people, including Ekraj Upreti, people standing

अनुदानमा बितरणका लागि खरिद गरिएको सामग्री आज एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले हस्तान्तरण गर्नुभएकोे हो । अध्यक्ष उप्रेतीले माछा पालनका लागि एक लाख ६१ हजार बराबरको पानी तान्ने मोटर ७ थान, ७४ हजार बराबरको ५० मिटर लामो माहाजाल २ थान, ९० हजार बराबरको २५ मिटर लाामो जाल ६ थान, १८ हजार बराबरको सानो जाल ६ थान र ३३ हजार बराबरको ग्रेडिङजाल बितरण गरिएको अध्यक्ष उप्रेतीले बताउनुभयो । सो अवसरमा उहाँले प्राप्त सामग्रीको उचित सदुपयोग गर्दै व्यवसायीक माछा पालनमा लाग्न आग्रह गर्नुभएको छ । उहाँले किशानको उन्नति र कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले सधैं सहयोग गर्ने समेत बताउनुभएको छ ।