फाइल तस्विर

मकवानपुर– कोरोना भाइरस (कोभिड–१९) का लक्षणसँग मेल खाने स्वास्थ्य समस्या भएका थप एकजनालाई आइसोलेसनमा राखिएको छ । भारतबाट हिजोमात्रै घर आईपुगेका हेटौंडा–१२ का एक युवामा ज्वरो देखिएकाले आज साँझ नै उनलाइ हेटौंडा–४, कर्रा स्थित आइसोलेसनमा ल्याएर राखिएको हो ।
भारतबाट हिडेर हिजो मात्र घर आईपुगेका ती युवामा ज्वरो देखिएकाले आईसोलेसन कक्षमा राखिएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य उपप्रमुख भोला चौलागाँईले बताउनुभयो । उनको परिक्षणका लागि स्वाब (घाँटीको भागको र्याल) भोली काठमान्डौं पठाईने चौलागाईले बताउनुभयो । साथै उनको परिवारलाई घरमै क्वारेन्टाईनमा राखिएको उपमहानगरपालिकाका स्वास्थ्य संयोजक सुपेन्द्र कार्कीले बताउनुभएको छ । यस अघि उक्त आइसोलेसनमा राखिएका दुईजनाको रिपोर्ट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब (घाँटीको भागको र्याल) को परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको कार्कीले जानकारी दिनुभयो । आइसोलेसनमा रहेका एक जनाको रिपोर्ट भने आउन बाँकी रहेको उहाँले बताउनुभयो ।