मकवानपुर– हेटौंडा–४, कर्रास्थित आइसोलेसन कक्षमा राखिएका दुईजनाको रिपाेर्ट नेगेटिभ आएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब (घाँटीको भागको र्याल) को परीक्षणमा उनिहरूकाे रिपाेर्ट नेगेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य संयाेजक सुपेन्द्र कार्कीले जानकारी दिनुभयाे । आइसोलेसनमा बसेका दुईजनाको गत शुक्रबार स्वाब परीक्षणका लागि टेकुस्थित प्रयोगशाला पठाइएको थियो । एक जनाकाे हिजै रिपाेर्ट आएकाे र अर्का एक जनाकाे रिपाेर्ट आज आएकाे हाे, भने, अझै एक जनाकाे रिपाेर्ट आउन बाँकी रहेकाे छ । कार्कीका अनुसार अहिले हेटौंडा–११, हेटौंडा एकेडेमीस्थित क्वारेन्टाइनमा एकजना र हेटौंडा–४, कर्रास्थित श्रमिक माविमा स्थापना गरिएको आइसोलेसनमा दुईजना रहेका छन् ।