file photo

मकवानपुर । मककवानपुरको मनहरी गाउँपालिकामा शुक्रबार हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मनहरी गाउँपालिका–६, प्रतापपुरका ५६ वर्षीय काले बहादुर राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
मनहरी–६, स्थित चितवन राष्ट्रिय निकुन्जको जंगलमा भैसी चराउन गएको अबस्थामा राईसहित अन्य तीनजनालाई हात्तिले आक्रमण गरेको हो । हात्तीको आक्रमणबाट राईको घटनास्थलमा नै मृत्यु भएको तथा अन्य दुईजना भागी बाच्न सफल भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । संगै गोठाला गएका अन्य मानिसले निकुन्ज सुरक्षार्थ राखीएको नेपाली सेनाको नयाँ सबुज गण बंकर पोष्ट शुनाचुरीमा जानकारी गराएपछि ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली गई राईको लाश पोष्ट मार्टमका लागि हेटौडा अस्पताल ल्याईएको उहाँले जानकारी दिनुभयो ।