काठमाण्डाै – राष्ट्रिय सभाको आज आइतवारको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । आज दिउँसो १ बजेका लागि बोलिएको बैठक सभाको सचिवालयले सूचना टाँस गरेर स्थगित भएकाे जानकारी गराएकाे हो । राष्ट्रिय सभाको अर्को बैठक भोलि सोमवार १८ गते बिहान ११ बजेका लागि बोलाइएको राष्ट्रिय सभा सचिवालयले जनाएको छ । यसअघि यही असोज ११ गते सभाको बैठक भएको थियो ।