मकवानपुर – हेटौंडा उपमहानगरपालिका वडा नम्बर–८, मा शनिबार विभिन्न पार्टी परित्याग गरि १ सय ५ जनाभन्दाबढी नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । नेकपा एमाले ८ नम्बर वडा कमिटिद्धारा आयोजित कार्यक्रममा नेपाली कांग्रेस, नेकपा माओवादी, राप्रपालगायत पार्टी परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनिहरुलाई एमाले नेता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेल, एमाले केन्द्रिय सदस्य जुनेली श्रेष्ठलगायतले अबिर लगाएर नेकपा एमाले पार्टीमा स्वागत गर्नुभएको थियो । सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रथम मुख्यमन्त्री पौडेलले सुखि नेपाली समृद्ध नेपाल निर्माणको लागि एमाले वाहेक विकल्प नरहेको बताउनुभयो । उहाँले नेकपा एमालले सबै क्षेत्रमा सुझबुझका साथ काम गरेकाले नै पार्टी प्रति जनताको भरोशा बड्दै गएको र पार्टी प्रवेशको लहर चलेको बताउनुभयो । उहाँले देशै भरी नेकपा एमाले नैं सहि हो भन्दै पार्टी प्रवेश गर्ने लहर चलेकोले आगामी निर्वाचनबाट नेकपा एमालेको जनादेशका साथ सरकारको नेतृत्वमा आउने बताउनुभयो । उहाँले युवालाई रोजगारी दिने, महिलाको ३३ प्रतिशत अधिकारको ग्यारेन्टी गरेर महिलाको समान सहभागिता स्थापीत गर्ने, मुलुकलाई समृद्ध र जनतालाई सुखि बनाउने पार्टी नेकपा एमाले भएको बताउनुभयो ।

नेकपा एमाले हेटौंडा–८ नम्बर वडा कमिटीका अध्यक्ष कृष्णबहादुर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य गोपालबहादुर श्रेष्ठ, नवराज तिमल्सिना, जिल्ला कमिटी सदस्य गणेशकुमारी श्रेष्ठ, एशोदा उप्रेती, शालिकराम पुडासैनी, धमृराज पुडासैनीलगायतको सहभागिता रहेको नगर कमिटी सचिव बोलबाहादुर कार्कीले जानकारी दिनुभयो ।









