हेटौंडाः जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले गैरसरकारी संघसंस्थाले काम गर्दा स्थानिय तहसंगको सहकार्यमा काम गर्नुपर्ने बताउनुभएको छ । श्रृजनशिल नेपालद्धारा संचालित एसडिआई परयोजना अन्तरगत सरोकारवालासंगको अन्तरकृया तथा परिचयात्मक कार्यक्रमको उद्घाटन गर्दै प्रमुख खुलालले स्थानिय तहमा कार्यक्रम नबाझियो भन्नकालागि तथा त्यसको दिगो रुपमा संचालाकालागि पनि समन्वय हुनुपर्ने बताउनुभएको हो । बिशेषगरी महिला, बालबालिका र जेष्ठ नागरिकको क्षेत्रमा काम गर्नपर्ने अहिलेके आवश्यक्ता रहेको भन्दे उहाँले उक्त क्षेत्रमा स्थानिय सरकारसंग समन्वयगरेर काम गर्नुपर्ने बताउनुभएको हो ।

कतिपय गैरसरकारी संस्थाहरुको कार्यक्रमहरु कागजमा मात्रै हुने गरेको उदाहरण दिँदै प्रमुख खुलालले संस्थाले गर्ने कार्यक्रमबाट स्थानीय नागरिकलाई कुनै न कुनै रुपमा फाइदा पुग्नुपर्ने बताउनुभयो । गैरसरकारी सस्थाहरुले स्थानीय क्षेत्रमा लोप हुन लागेका संस्कृति र परमपराको संरक्षणमा समेत ध्यान दिनुपर्ने उहाँको भनाई थियो । प्रमुख खुलालले केन्द्रीय, प्रदेश र स्थानिय सरकारलाई सहयोग पुग्ने गरि कार्यक्रमहरु संचालन गर्नुपर्ने उहाँको भनाई थियो ।
सृर्जनशिल नेपालकी अध्यक्ष शान्ता बरालको अध्यक्षतामा भएको कायक्रममा ३ नम्बर प्रदेश सामाजिक बिकास मन्त्रालयका अधिकृत दिपा घिमिरे, चन्द्रकुमारी ब्यञ्जनकार, घरेलु तथा साना उद्योग कार्यालय हेटौंडाका प्रमुख जगनाथ दाहाल, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संस्थाका सल्लाहकार मदन दाहाल, माईती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामा लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा संस्थाकी अध्यक्ष बरालले स्थानिय सरकार र सरकारी निकायसंग सहकार्य गरेर काम गर्ने बताउनुभएको छ ।