हेटौंडाः ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले रुग्ण उद्योगलाई उठाउने निति लिएको बताउनुभएको छ । हेटौंडा औद्योगिक क्षेत्रमा रहेको बफेलो क्वालिटी फुड प्रलिको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले सकारले जनताको हितमा आउने जुन सुकै उद्योग संचालनमा सहयोग गर्ने बताउनुभएको हो ।

प्रदेश सरकारले एउटा कम्पनीलाइृ किन पैसा दियो भन्ने प्रश्न आएको भन्दै मुख्यमन्त्री पौडेलले जनताको स्वास्थयको हितकालागि जनतालाई स्वस्थ मासु खुवाउने उदेश्यकासाथ दिईएको बताउनुभएको छ । सरकारका सबै काम सार्वजनीक हितकालागि हुने भन्दै मुख्यमन्त्री पौडेलले सरकारले घाटा नाफा नहेर्ने बताउनुभयो । उहाँले प्रदेश सरकार व्यापार गर्न नबसेको भन्दै नागरिकको हितमा सरकारले नाफा घाटा नहेर्ने समेत बताउनुभएको । उहाँले सरकारले घाटा र नाफा भन्दा सार्वजनीक हितकालागि पैसा लगानी गरेको स्पष्ट पार्नुभएको छ ।

उद्योग संचालन गरिरहँदा व्यवसायिलाई केहि कठिनाई भए पनि बधशालामा बध गरेको मासु मात्र प्रयोग गर्न उहाँले आग्रह पनि गर्नुभयो । व्यवसायिले कारखाना संचालनमा सहयोग गर्नुपर्ने उहाँको भनाई थियो । उहाले व्यवसायिले सरकारको बिरोधमा काम गर्न नहुने भन्दै सरकारको सहयोगिको रुपमा सबैले साथ दिए मात्र सफल भईने बताउनुभएको छ । सबै मिलेर काम गरे मात्र समृद्ध नेपाल र सुखि नेपालीको नारा सफल हुने मुख्यमन्त्री पौडेलको भनाई थियो । व्यवसायिका हितमा सरकारले सहयोग गर्न तयार रहेको भन्दै उहाँले उद्योगको सफल संचालनमा असहयोग गर्ने कुरा सह्य नहुने समेत बताउनुभएको छ ।

विं.स २०२८ सालबाट निर्माण सुरु भएर २०३१ सालबाट सञ्चालनमा आएको हेटौंडा पशु वधशाला विभिन्न समयमा सञ्चालन हुँदै फेरी बन्द हुने क्रम रहेको थियो । प्रदेश सरकारले बफेलो क्वालिटी फुड प्रालिलाई ६१ लाख ५० हजार रुपैयाँ अनुदान दिएर वधशाला पुन सञ्चालनमा ल्याएको हो । प्रदेश सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयबाट उक्त रकम कम्पनीलाई दिएपछि २०७३ सालबाट बन्द भएको वधशाला पुन सञ्चालनमा आएको हो ।
कम्पनीका संचालक सैयद रियाजुदिनको सभाध्यक्षतामा भएको कार्यक्रममा मुस्लििम आयोगका अध्यक्ष समिम मिया अन्सारी, राष्ट्रियसभाका सदस्य रामचन्द्र राई, प्रदेश ३ का भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, प्रदेश निति तथा योजना आयोगका सदस्य श्याम बस्नेत, प्रदेश ३ का भुमि व्यवस्था कृषि तथा सहकारी मनत्रालयका सचिव डा. योगेन्द्र कार्कीलगाय विभिन्न सरोकारवालाहरुको सहभगिता रहेको थियो ।