मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले धर्म संस्कृतिकाे संरक्षण गर्दै त्यसलाइ समृद्धिकाे आधार बनाउनुपर्ने बताउनुभएको छ । हेटौंडा–१४, उत्तरपानी स्थित उग्र्येन पेमा डुप्लिङ्ग बौद्ध गुम्बाद्धारा आयोजित दश करोड बज्रगुरु जप तथा शान्ति पुजाको बिहीबार उद्घाटन गर्नुहुँदै प्रमुख खुलालले सबै धर्मको उदेश्य समुन्नत समाज निर्माण गर्नु भएको भन्दै धर्म संस्कृतिबाट आर्थिक उपलब्धी हाँसिल गर्न सकिने बताउनुभएको हो ।

प्रमुख खुलालले समुन्नत समाजले समृद्धि हासिल गर्न सकिने बताउनुभयो । समाजलाई सुसंस्कृत, परिस्कृत र अनुशासित बनाउन धर्म संस्कृतिले महत्वपूर्ण भुमिका खेल्ने भन्दै उहाँले धर्म संस्कृतिको संरक्षण गर्दै समृद्धि हासिल गर्ने तर्फ केन्द्रित हुनु पर्ने बताउनुभयो । धर्म संस्कृतिको माध्यमबाट पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने र आर्थिक उपलब्धी हासिल गर्न सकिने उहाँको भनाई थियो । प्रमुख खुलालले धर्म संस्कृतिले समाजलाई अनुसासित बनाउने भन्दै उहाँले धर्म–संस्कृतिको संरक्षण र संवद्र्धन गर्न समेत सबैलाई आग्ह गर्नुभयो । नेपालको मौलिक धर्म संस्कृति र सभ्यतालाई जोगाउनु पर्ने समेत उहाँले बताउनुभयो ।

गुम्बा व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर मोक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा गुम्बाका प्रमुख गुरुलोपेन पेमा दोर्जे मोक्तानलगायत विभिन्न जिल्लाका गुम्बाका लामाहरको सहभागिता थियो । आगामी १५ गतेसम्म सञ्चालन हुने शान्ति पुजा मकवानपुरमै दोस्रो भएको बताईएको छ ।