मकवानपुर– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) हेटौंडा उपमहानगरपालिका कमिटीको बिस्तारित बैठक बिहीबार सम्पन्न भएको छ । नगर कमिटीका कार्यालय सदस्य रामचन्द्र अर्यालको सभाध्यक्षता तथा नेकपा केन्द्रिय सदस्य एवम् मकवानपुर सह ईन्चार्ज रामेश्वर राणाको प्रमुख आतिथ्यतामा बैठक बसेको हो ।

आज बसेको बिस्तारित बैठकले २ सय ३५ सदस्यीय नयाँ नगर कमिटी घोषणा गरेकाे छ । बिस्तारित बैठकबाट नगर कमिटीको अध्यक्षको जिम्मेवारी शालिकराम पुडासैनीलाई र सचिवको जिम्मेवारी बोलबाहादुर कार्कीलाई दिएको छ । अध्यक्ष रघु आचार्य र सचिव तिर्थ बहादुर थापालाइ कार्वाही गर्दै पुडासैनीलाई अध्यक्षको र कार्कीलाई सचिवको जिम्मेवारी दिएको हो । पार्टी नीति, विधि र पद्धति बिपरित काम गतेको भन्दै बैठकले आचार्य र थापालाइ पद मुक्त गरेर नगर अध्यक्षमा पुडासैनी र सचिबमा कार्कीलाई जिम्मेवारी दिएको जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिनुभयो । बैठकले नगर कमिटीमा आवश्यक्ताका आधारमा सदस्यहरु थप गरिने समेत उहाँले बताउनुभएको छ ।

बैठकले पाट्रीको तल्लो तहसम्मको कमिटी बिस्तारका लागि नगरका सबै वडामा भेला राख्ने र जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ । तल्लो तहसम्मको कमिटी बिस्तार गर्ने र पाट्रीलाई सुध्रिढीकरण गर्ने अभियान अनुसार काम अगाडी बढाईएको उहाँले बताउनुभयो । सो अनुसार आगामी १० देखि १२ गते सम्म नगरका सबै वडामा भेलाको आयोजना गर्ने र वडा स्तरीय जिम्मेवारी प्रदान गरिने उहाँले जानकारी दिनुभयो । बैठकले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपि शर्मा ओलिले राजनैतिक स्थिरता, जनमत, शान्ती र बिकासका लागि चाल्नुभएको संसद विघटनको कदमलाइ अग्रगामी कदमको रुपमा समर्थन गर्दै तोकिएको मितिमा नै प्रतिनिधि सभाको निर्वाचन गर्न पार्टी पंक्तिलाई निर्वाचनमा केन्द्रित गर्ने निर्णय गरेकाे छ ।

No description available.

बैठकमा केन्द्रिय सदस्यहरु अनन्त पौडेल, रघुनाथ खुलाल, मधुशुधन खतिवडा, महेश बर्तौला, जिल्ला सचिवालय सदस्य गोपाल श्रेष्ठ, नवीन सिग्देल, कमल बिष्ट, देबराज रिमाल, राजन थापा सम्राट तुम्बहाम्फेलगाएतकाले मन्तब व्यक्त गर्नुभएको थियो । बैठकमा जिल्ला सचिवालय सदस्य सुनिल माेक्ततान, गणेशकुमारी प्रधानलगायत १९ वटै वडाका अगुवा कार्यकर्ताहरूकाे सहभागिता थियाे ।