काठमान्डाैं– सरकारले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा एल आर आइ बिद्यालय कलंकीले एक लाख रुपैयाँ सहयोग गरेको छ । सरकारले तोकेको बाणिज्य बैंकमा रकम जम्म गरिएको विद्यालयका संस्थापक गुठियार शिवराज पन्तले जानकारी दिनुभयाे । यसैगरी विद्यालयले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट मार्फत नेपाल सरकारलाई १५ हजार थान सर्जरी ग्लोब प्रदान गरेकाे जनाएकाे छ । सामाजिक उत्तरदायित्व अन्तगर्त विद्यालयले नगार्जुन नगरपालिका वडा नम्बर–१० मा सरसफाइको लागि ट्यांकरबाट पानी उपलब्ध गराउँदै आएको छ ।