मकवानपुर– मकवानपुरको भीमफेदी गाउँपालिकाले विदेशबाट पर्किएकाकाो घरघरमै पुगेर ज्वराे परिक्षण सुरु गरेको छ । विदेशबाट घर फर्किएकाहरुको तथ्याङ्क सार्वजनिक गरेको भीमफेदी गाउँपालिकाले घरघरमै पुगेर शरिरको तापमान परीक्षण थालेको हो ।

प्लान नेपालको सहयोगमा स्वास्थ्यकर्मीले सुरक्षाका लागि लगाउने पीपीई प्राप्त भएपछि विदेशबाट फर्किएर घरमै सुरक्षीत साथ (क्वारेन्टाईनमा ) बस्दै आएकाहरुको तापमान परीक्षण तथा स्वास्थ्य अवस्था बुझ्न चिकित्सकसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोली खटिएको गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिनुभयो । बैदेशिक रोजगारबाट आएकाहरूको तापमान परीक्षण तथा अन्य समस्या पहिचान गरि आबश्यक थप उपचार चाहिएमा सुरक्षित क्वारेन्टाइन तथा आईसोलेसन सिफारिस गरिने अध्यक्ष लामाले बताउनुभयो । आजबाट सुरु गरिएको स्वास्थ्य परीक्षण तथा कोरोना बारेको जनचेतनामूलक कार्यक्रमले निरन्तरता पाउने उहाँले जानकारी दिनुभएको छ । विदेशबाट आएकाहरु घरमै बसेपनि कसरी सुरक्षित भएर बस्ने, कोरोनाका लक्षण देखा परेमा कसलाई सम्पर्क गर्नेलगायतका कुरा पनि टोलीले सिकाउने काम गरेको अध्यक्ष लामाले बताउनुभयो ।
भीमफेदी गाउँपालिकामा चैत महिना लागेपछि विदेशबाट घर आउने १२ जना रहेको यसअघि नै सार्वजनिक गरिसकेको छ । उनिहरु दुबई,कतार,ओमन, मलेसिया तथा भारतबाट आएको गाउँपालिकाले जनाएको छ । स्वास्थ्य परीक्षण तथा अनुगमनमा डा. सुनिल थापा, स्वास्थ्य संयोजक रामनाम थिङ तथा सम्बन्धित स्वास्थ्य निकाएका स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मी रहेका छन् ।