मकवानपुर– बागमती प्रदेश सरकारले राजधानी हेटौंडामा आईसीयु कक्ष र आइसोलेसन कक्ष तयार पारेको छ । हेटौंडा–४, कर्रास्थित श्रमिक माविको नवनिर्मित भवनमा चार बेडको भेन्टिलेटरसहितको आईसीयु कक्ष र ३० बेडको आइसोलेसन कक्ष तयार भएको हेटौंडा अस्पतालका प्रमुख डा. प्रविण श्रेष्ठले जानकारी दिनुभयो । तत्काल ४ बेडको आइसीयु कक्ष तयार भएको र आवश्यकता अनुसार साे स्थानमा एउटा आईसीयु थप गर्न सकिने श्रेष्ठले जानकारी दिनुभयो ।
कोरोना भइरसको संक्रमणको आशंका भएका विरामीलाई आइसोलेसनमा राखेर उपचार समेत गर्ने सुविधा तयार भएको डा. श्रेष्ठले बताउनुभयो । उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यक्तिगत सुरक्षाका लागि लगाइने दुई थान पोशाकसहित सम्पुर्ण तयारी पूरा भएको डा. श्रेष्ठले बताउनुभयो । यस बहेक हेटौंडा–११ स्थित हेटौंडा एकेडेमिमा महिला र पुरुष गरी हाललाई १०० बेडको क्वारेन्टाईन निमौण भएको साथै जिल्लामा हाल सम्म क्वारेन्टाई, आईसोलेसन र आईसीयुमा कुनै पनि बिरामी भर्ना नभएको डा. श्रेष्ठल बताउनुभयो ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि कमाण्ड पोष्ट गठन गरेर काम भईरहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो । कमाण्ड पोष्टको तथ्याङ्क अनुसार शुक्रबार साँझसम्ममा जिल्लामा २५३ जना भारत लगायत बाहिरबाट आएको पाईएको र उनिहरु निगरानीमा रहेको, जिल्लामा औषधि, खाना पकाउने ग्याँस, खाद्यान्नलगायत अत्यावस्यक वस्तु पर्याप्त रहेको र सुरक्षित तबरले बिक्रिबितरणको व्यवस्थापन गरिएको तथा आईसोलेसन बार्डमा ७ जना स्वास्थ्यकर्मी खटिएको र उनिहरुलाई हेटौंडास्थित एभोकाडो होटलमा छुट्टै बसोबासको व्यवस्था गरिएको प्रमुख खुलालले बताउनुभयो ।