हेटाैंडा–नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ संक्रमित भेटिएका छन् । यससँगै कोरोना संक्रमितको संख्या तीन पुगेको छ । टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालले पठाएको नमुनामा पोजेटिभ देखिएको हो । स्वास्थ्य मन्त्रालयले बुधबार कोरोनाको नयाँ संक्रमित भेटिएको पुष्टि गरेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना भएको बताइएको छ। ‘भर्खरै तेस्रो संक्रमित व्यक्ति भेटिएको जानकारी आएको छ। रोगीको बारेमा विस्तृत जानकारी मलाई पनि प्राप्त भएको छैन’, सरुवा रोग तथा इपिडिमियोलोजीका प्रमुख डा. बासुदेव पाण्डे भने्, ‘ ती व्यक्तिको अहिले टेकु अस्पतालमा उपचार भइरहेको छ।’