सीमा नाकामा प्रभावकारी अनुगमन र निगरानी बढाउन गृहको निर्देशन

हेटाैंडा– सरकारले कोरोना भाइरसको संक्रमण भित्रिन नदिन र देशभित्रै औषधिजन्य वस्तुको खपत बढ्न सक्ने आँकलन गर्दै औषधि, मास्क, स्यानीटाइजर विदेश निकासीमा प्रतिबन्ध लगाएको छ । औषधिजन्य यस्ता सामग्री बोकेको भेटिए मालबाहक सवारी र व्यक्तिबाट जफत गरी स्थानीय प्रशासनलाई बुझाउन पनि सुरक्षा निकायहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले बताए। पछिल्लो कारबाहीमा मात्रै २० हजार मास्कसहित सीमा नाकाबाट विभिन्न व्यक्तिलाई नियन्त्रणमा लिइएको गृह मन्त्रालयले स्पष्ट पारेको छ। त्यस्तै भारतबाट आएकालाई अनिवार्य सेल्फ क्‍वारेन्टाइनमा बस्न र त्यसको नियमित निगरानी र नियमनका लागि प्रहरी र ७७ वटै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइएको प्रवक्ता शर्माले बताए। आइतबार साँझ गृहले १९ बुँदे विज्ञप्ति सार्वजनिक गर्दै कोरोना संक्रमणविरुद्ध चालिएका निर्णय लागू गर्न र प्रहरी तथा स्थानीय प्रशासनबाट आवश्यक संयन्त्र कडाइका साथ परिचालन गर्न पनि निर्देशन दिएको छ।

Image may contain: text
Image may contain: text
Image may contain: text