मकवानपुर– हेटौंडा उपमहानगरपालिका–९ स्थित कुष्माण्ड सरोवर त्रिवेणी धाम क्षेत्रमा दाह संस्कार स्थल निर्माण हुने भएको छ । मृत्यू संस्कारमा सहयोग पु¥याउने उद्देश्यले बागमती प्रदेश सरकारको सहयोगमा शव दाह स्थल निर्माण गर्न लागिएको हो ।
शव दाह स्थ निर्माणका लागि बागमती प्रदेश सरकार भौतिक पुर्वाधार विकास मन्त्रालयले ३० लाख रुपैया प्रदान गरेको छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको पहलमा प्रदेश सरकारले बजेट विनियोजन गरे पछि शव दाह स्थल निर्माणको काम सुरु हुन लागेको ९ नम्बर वडा अध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले जानकारी दिनुभयो । कुष्माण्ड सरोवर त्रिवेणी धाममा मकवानपुरलगायत छिमेकि जिल्लाका समेत शवहरु दाह संस्कारका लागि ल्याउन थालेपछि आवश्यक्ताका आधारमा उक्त स्थानमा शव दाह स्थलको निर्माण गर्न लागिएको अध्यक्ष भण्डारीले बताउनुभयो । साथै चुनावका बेलामा समेत उक्त स्थानमा व्यवस्थित शव दाह स्थल निर्माण गर्ने प्रतिबद्धता गरे अनुसार नै जिल्ला समन्वय समितिका प्रमुखको पहलमा काम अगाडी बढ्न लागेको उहाँले जानकारी दिनुभएको छ ।
शव दाह स्थल निर्माणका लागि शनिबार उपभोक्ता समिति समेत गठन गरिएको उहाँले जानकारी दिनुभयो । शनिबार भेलाको आयोजना गरेर कुष्माण्ड सरोवर त्रिवेणी धामका सचिव तारा प्रसाद लामिछानेको अध्यक्षतामा ९ सदस्य शव दाह स्थल निर्माण उपभोक्ता समिति गठन गरिएको छ । समितिको सचिवमा शोभना बानीया, कोषध्यक्षमा दुर्गा प्रसाद ढकाल तथा सदस्यहरुमा आशालामा, रिता कुँबर, शंकर राना मगर, यदुनाथ लामिछाने, ज्ञानुमाया स्याङ्तान र नेत्रनाथ धिमाल रहेका छन् । साथै बैठकले राम बहादुर थापा मगर संयोजक तथा ज्ञानु कुँबर र श्याम फुयाल सदस्य रहेने गरि ३ सदस्य अनुगमन समिति समेत गठन गरेको कुष्माण्ड सरोवर त्रिवेणी धामका अध्यक्ष ईश्वरी प्रसाद न्योपानेले जानकारी दिनुभयो ।