मकवानपुर– डिभिजन वन कार्यालय मकवानपुरले मकवानपुरको बकैया गाउँपालिकाबाट एक्साभेटर र टिपर नियन्त्रणमा लिएको छ । अवैद्य रुपमा खोला उत्खनन् गरिरहेको अवस्थामा वन कार्यालयले एक्साभेटर र टिपर नियन्त्रणमा लिएको हो ।
वकैया–७ स्थित बकैया र सिमात खोलाको दोभानमा क्षेत्रमा अवैध रुपमा उत्खनन् गरिरहेको अवस्थामा एक्साभेटर र टिपर नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेलले जानकारी दिनुभयो । वन कार्यालय मकवानपुरबाट खटिएको कर्मचारीहको गस्ती टोलीले ढुङ्गा गिट्टी बालुवाको अवैध उत्खनन गरिरहेको अवस्थामा एक्साभेटर र टिपर नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो । खोला उत्खन गर्ने बा. २ क ९२३१ नम्बरको एक्साभेटर र बा. २ क ६६६२ नम्बरको टिपर नियन्त्रणमा लिइएको पौडेलले जानकारी दिनुभयो । नियन्त्रणमा लिईएको सवारीका साधन र त्यसका धनीलाई कानून अनुसार कार्बाही गरिने उहाँले जानकारी दिनुभयो ।