फाइल तस्बिर

हेटाैंडा–त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराउनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्थामा अपेक्षाकृत क्रमिक सुधार आएको छ । मिर्गाैला प्रत्यारोपण गरेको तेस्रो दिन आज उहाँलाई हिँडडुल गराउन थालिएको अस्पतालले जनाएको छ ।

अस्पतालमा आज आयोजित पत्रकार सम्मेलनमा त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले प्रधानमन्त्रीलाई हिँडडुल गराउन र ठोस आहार दिन थालिएको बताउनुभयो । उहाँका सबै ‘भाइटल’ तथा ‘ल्याव’ सूचकहरु सामान्य अवस्थामा रहेको कार्यकारी निर्देशक प्रा.डा. खड्गाले जानकारी दिनुभयो । उहाँले प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने समीक्षा संग्रौलाको पनि अवस्था सुधार भएको र ठोस आहार दिन थालिएको बताउनुभयो ।

Image may contain: text