हेटौंडा–बागमती प्रदेशसभाको प्रदेश सभा सचिवमा कृष्णहरि खड्का नियुक्त हुनु भएको छ । प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको सिफारिसमा प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले खड्कालाई प्रदेश सभा सचिवमा बुधबार नियुक्त गर्नुभएको थियो । प्रदेशसभा सचिवमा नियुक्त हुनुभएका खड्कालाई बुधबार नै सभामुख श्रेष्ठ सपथग्रहण गराउनु भएको हो ।
प्रदेश सभा सचिवालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको सपथग्रहणसँगै खड्काले पदबहाली गर्नुभएको छ । यसअघि प्रदेशसभाका सचिव रहनु भएका रामशरण घिमिरेको उमेर हदका कारण यही फागुन १७ गते अनिवार्य अवकास पाउनुभएको थियो । सपथपछि सभामुख श्रेष्ठले अनुभवका आधार नियुक्त गरिएकोले प्रदेश सभाको काम प्रभावकारी हुने बताउनुभयो ।