मकवानपुर– अन्तराष्ट्रिय श्रमिक महिला दिवशको सन्दर्भमा मंगलबार हेटौंडा अस्पतालमा रहेका सुत्केरी महिलालाई पौष्टिक आहार तथा शिशुलाई न्यानो कपडा वितरण गरिएको छ । मानवअधिकार संरक्षण तथा मानव बेचबिखन विरुद्धको संजाल मकवानपुरको आयोजना तथा जिल्ला समन्वय समिति मकवानपुरको सहकार्यमा ११० औं अन्तराष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा सामग्री वितरण गरिएको हो ।

संजालकी उप–संयोजक माया लामाको सभाध्यक्षता एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । अस्पतालका गर्भवती तथा सुत्केरी आमाहरुलाई प्रमुख खुलालले पौष्टिक आहार वितरण गर्नुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिकी उप प्रमुख भगवती पुडासैनी, अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश पौडेल, मेडिकल सुपेरीटेण्डेर डा. प्रबिन श्रेष्ठलगायत संजालका सदस्यहरु सहभागिता थियो ।