हेटौँडा, १ जेठ । बागमती प्रदेश सभाको चालू सातौँ अधिवेशन अन्त्य भएको छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शुक्रबार (आज) मध्यरातदेखि लागु हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको हो ।
प्रदेशसभा सचिवालयले सूचना प्रकाशन गर्दै प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले चालु सत्रौं अधिवेशनको अन्त्य गर्नु भएको जानकारी दिएको हो । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखले अधिवेशन अन्त्य गर्नुभएको सूचनामा उल्लेख छ । प्रदेश सभाका सचिव रामकुमार पौडेलका अनुसार प्रदेशसभाको हिउँदे अधिवेशनअन्तर्गत २०८२ साल चैत २४, २५ र २६ गते एवं २०८३ साल वैशाख ६ गते बैठक भएको थियो ।












