हेटाैंडा, बैशाख ३१ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमीले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को पुरक (ग्रेड)वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको छ । बोर्डले सार्वजनिक गरेको तालिका अनुसार परीक्षा असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन हुनेछ ।
बोर्डको निर्णय अनुसार २०८२ को नियमित एसइई परीक्षामा ग्रेडिङ हुन असफल भएका बिद्यार्थीहरु यस परीक्षामा सहभागी हुन पाउने छन् । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने तय भएको छ ।परीक्षा नियन्त्रण कार्यालयले परीक्षा केन्द्र परिवर्तन नहुने पनि सूचनामार्फत जनाएको छ । एसइईको नतिजा सोमबार सार्वजनिक भएको थियो ।
हेर्नुहाेस् परिक्षा तालिका