हेटाैँडा/शिक्षा र खेलकुदलाई जाेड्नु पर्ने हेटाैँडा ४ नं. वडा अध्यक्षले बताउनु भएकाे छ । शुक्रबार नगरस्तरीय क्रिकेट प्रतियाेगिताकाे उद्घाटन गर्दै वडा अध्यक्ष सिग्देलले विध्यार्थीकाे शारिरीक र मानसिक विकासकाे लागि शिक्षा र खेलकुदलाई संगै लिएर जानपर्ने बताउनुभयाे ।
अतिरिक्त क्रियाकलापकाे माध्यमद्वारा शिक्षामा गुणस्तर सुधार गर्ने उदेश्यले वडा कार्यालयलेे विभिन्न खेलकुद र अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेकाे उहाँकाे भनाई थियाे ।
४ नं. वडा कार्यालयकाे आयाेजना र शैक्षिक गुणस्तर सुधार समितिकाे संयाेजन र भुटनदेवी माविकाे व्यवस्थापनमा नगरस्तरीय क्रिकेट प्रतियाेगिता आयाेजना गरिएकाे हाे ६ वटा विध्यालय सहभागी रहेकाे र माघ २३ र २४ गते दुई दिन भुटनदेवी माविकाे मैदानमा प्रतियाेगिता भईरहेकाे खेलकुद संयाेजक राजाराम पाेखरेलले जानकारी दिनुभयाे ।
उद्घाटन कार्यक्रममा वडा सदस्य गीता त्रिपाठी, वडा कार्यालयका सचिव रामप्रसाद गसरागाईँ आधुनिक राष्ट्रिय मावि, व्यवस्थापन समितिका अध्यक्ष महमद समिम खान, शैक्षिक गुणस्तरीय सुधार समिति, हेटाैँडा-४ का संयाेजक तथा श्रमिक माविका प्रअ श्रीराम दाहाल, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँ, चन्द्राेदय माविका प्रअ जीधराज ढकाल, नगर टनेल विकास समन्वय समितिका महासचिव शिवहरि दाहाल, भुटनदेवी माविका व्यवस्थापन समितिका सदस्य राजेन्द्रकुमार बस्ताकाेटी लगायतकाे उपस्थिति रहेकाे थियाे । उद्घाटन कार्यक्रम भुटनदेवी माविका प्रअ सूर्यप्रसाद घिमीरेकाे सभाध्यक्षतामा भएकाे भुटनदेवी माविका सहप्रअ भरत पाेखरेलले जानकारी दिनुभयाे ।









