हेटाैंडा, माघ ८ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको परीक्षाको तालिका अनुसार चैत १९ गते पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सञ्चालन हुने छ ।
परीक्षा उपनियन्त्रक (कक्षा १०) का विष्णु प्रसाद ज्ञवालीका अनुसार चैत २७, २८ र २९ गते भने प्राविधिक विषयका परीक्षा सञ्चालन हुने छ । यस पटक फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति तोकिएका कारण एसइई गत वर्षको भन्दा १२ दिन ढिलो हुन लागेको हो । गत वर्षको एसइई चैत ७ गतेदेखि सञ्चालन भएको थियो ।