मकवानपुर,२३ पुस । आगामी राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशतर्फको एक सिटमा गठबन्धनबाट नेपाली कांग्रेसले चितवनकी गीता कार्की देवकोटालाई उम्मेदवार बनाएको छ ।
गिताको लागि प्रस्तावकमा नेपाली काँग्रेसका प्रलाह सापकोटा र समर्थक नेकपा एमालेबाट बागमती प्रदेश सभा सदस्य तथा स्वास्थ्यमन्त्री किरण थापा रहेका छन् । माघ ११ मा हुने निर्वाचनमा नेपाली कांग्रेसले चितवनको महासमिति सदस्य रहेकी देवकोटालाई उम्मेदवार बनाएको हो ।
उनी पेसाले मौरीपालक कृषक हुन् । रत्ननगर नगरपालिका(१४, डुम्री चोक निवासी देवकोटालाई ३२ वर्षे राजनीतिक यात्रामा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएकी हुन् ।
कांग्रेसको तर्फबाट राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन भएकी देवकोटा विगत ३२ वर्षदेखि नेपाली कांग्रेसको राजनीतिमा निरन्तर सक्रिय छिन् । देवकोटाले उम्मेदवारीलाई उनको लामो राजनीतिक सङ्घर्ष र सामाजिक योगदानको रूपमा लिएको बताइन् ।











