हेटाैंडा, पुस २१, । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज बृहत्तर एकता घोषणा सभा गर्ने भएको छ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन), उज्यालो नेपाल पार्टी तथा अन्य समूहबाट आएका नेता–कार्यकर्ताको व्यवस्थापनपछि रास्वपाले औपचारिक रूपमा एकता घोषणा गर्न लागेको हो।
रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार आज दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकता घोषणा सभा आयोजना हुनेछ । गत पुस १३ र १४ गते रास्वपाले काठमाडौँका मेयर बालेन शाह र कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति गरेको थियो। आजको सभाबाट उक्त एकता प्रक्रियाले पूर्णता पाउने र पार्टीको आगामी राजनीतिक कार्यदिशाबारे स्पष्ट पारिने रास्वपाले जनाएको छ।











