file photo

हेटौँडा,  पुस । हेटौँडा बजार क्षेत्रको २५ मिटर सडक विस्तारविरुद्ध दायर रिट निवेदनमाथि आज (बुधवार) सर्वोच्च अदालतमा सुनुवाइ भएन । सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा पेसी तोकिए पनि मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेपछि सुनुवाइ रोकिएको हो ।

रास्वपा नेतृ एवं पूर्वसांसद विन्दवासिनी कंसकारसहितले दायर गरेको रिटमा यसअघि अदालतले तत्काल संरचना नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । साथै, मङ्सिर २६ गते मिसिल झिकाउने आदेशपछि आजका लागि पेसी तोकिएको थियो ।